डिआईजी ओम अधिकारीद्वारा मधेश प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा मधेश प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखहरुसँग समसामयिक विषयवस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उक्त कार्यालयका एसएसपी प्रभु ढकाल, जिल्ला प्रहरी कार्यालयहरुका प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषाका नि. प्रमुख, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका नि. प्रमुख, ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. पथलैया, बाराका प्रमुख, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बिरगंज, पर्सा (हाल जनकपुर)का प्रमुख तथा यस कार्यालयका सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो साथै जिल्ला प्रहरी कार्यालय बारा र पर्साका प्रमुखको भर्चुअल माध्यबाट उपस्थिती रहेको थियो

