एसएसपी कृष्ण काेईरालाद्वारा गण्डकी प्रदेश ट्राफिक कार्यालयको अनुगमन, निरीक्षण
एसएसपी कृष्ण कोइरालाले गगनगौंडा, कास्कीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरी प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि शून्य–सहनशीलताको नीति कडाइका साथ पालना गर्न निर्देशन दिनुभएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद काेईराला निरीक्षणको क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय गगनगौंडा कास्कीको कार्यालय पुगेर त्यहाँ भएका प्रशासनिक तथा बाह्य गतिबिधीको अनुगमन तथा निरीक्षण गर्नु भई प्रभाबकारी ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्नको लागि विभागको शुन्य-सहनशिलताको नितीलाई अक्षरस पालना गरी उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रही आफ्नेा जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको।

