“Police Baton” अन्तर्गत एआईजी सहितको टोलीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको निरीक्षण सम्पन्न
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाह, डिआईजी दिनेश कुमार आचार्य सहितको प्रहरी टोलीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको निरीक्षण सम्पन्न गर्नु भएको छ ।
निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका प्रशासनिक गतिविधि, अभिलेख व्यवस्थापन, ट्राफिक प्रहरी जनशक्ति परिचालन लगायतका विषयहरुमा निरीक्षण तथा अवलोकन गर्नु भएको छ। साथै, एआईजी शिद्धी विक्रम शाहले उक्त कार्यालयको परिसरमा वृक्षारोपणसमेत समेत गर्नुभएको छ।
“Police Baton” अन्तर्गत एआईजी सहितको टोलीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनको निरीक्षण सम्पन्न

