यो सुन्दर जोडीको सफलता : श्रीमान्–श्रीमती दुवै सशस्त्र प्रहरी निरीक्षक बन्न सफल
सशस्त्र प्रहरी बलमा श्रीमान् र श्रीमती दुवैले इन्स्पेक्टर पदमा नाम निकाल्न सफल हुनु एक अद्भूत संयोग र ठुलो उपलब्धी हो।
सशस्त्र प्रहरी बलका अस्मित चौलागाई र उनकी श्रीमती सम्झना खत्री दुवै इन्स्पेक्टर बन्न सफल भएका छन्। २०८२ सालमा सम्झना इन्स्पेक्टर बनेकी थिइन् भने २०८३ सालमा अस्मित १२औँ स्थानमा नाम निकाल्दै इन्स्पेक्टर बनेका छन्।
सशस्त्र प्रहरी बलमा कार्यरत अस्मित चौलागाई यस वर्ष प्रकाशित सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजामा १२औँ स्थानमा नाम निकाल्न सफल भएका छन्।
चौलागाई इन्स्पेक्टर पदको आवेदन फाराम भर्नुअघि नै स्नातक (ब्याचलर) तहको नतिजा सार्वजनिक भएको थियो। उक्त नतिजापछि आवेदन दिन पाएका उनले अन्ततः इन्स्पेक्टर पदमा नाम निकाल्न सफलता हासिल गरेका हुन्।
लगातार दुई वर्षमा श्रीमान्–श्रीमती दुवैले सशस्त्र प्रहरी निरीक्षक पदमा सफलता हासिल गरेपछि परिवारमा खुसीको माहोल छ। सशस्त्र प्रहरी सेवामा आबद्ध यस दम्पतीको सफलता धेरैका लागि प्रेरणादायी बनेको छ।

