कलंकीमा बसेर हप्ता असुल्थे एमाले निकट ‘दादा’, हप्ता नदिए ज्यान जाला भन्दै थर्काएपछि परे प्रहरीको फन्दामा !
कलंकीमा बसेर ज्यान मार्ने धम्की दिँदै ‘हप्ता’ असुल्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प#क्राउ पर्नेमा उदयपुरको चौदण्डी गढी गाउँपालिका-५ घर भई हाल काठमाडौं-१४ कलंकी बस्ने ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्।
ठेक्कापट्टाको काम गरे बापत रकम नदिए ज्यान लिने ध#म्की दिँदै, अ#श्लील शब्द प्रयोग गरी म्यासेज र फोन गरेर रकम माग गरेको भन्दै खड्का विरुद्ध प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनलाई असोज २ गते कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।
कलंकीमा बसेर हप्ता असुल्थे एमाले निकट ‘दादा’, हप्ता नदिए ज्यान जाला भन्दै थर्काएपछि परे प्रहरीको फन्दामा !

