कार्यसम्पादन मूल्यांकनमा बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशकै पहिलो हुन सफल
आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाजुरा सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट (पहिलो) हुन सफल भएकोमा जिल्ला प्रहरी कार्यालय बाजुरा परिवार, प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा लगायत सम्पूर्ण टोलीलाई हार्दिक बधाई !
उच्चतम अंक हासिल गर्दै आफ्नो लक्ष्य पूरा गरेर बाजुरा प्रहरीले सम्पादन गरेको यो कार्य वास्तवमै प्रशंसनीय र गौरवपूर्ण छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट, व्यावसायिक र जनमुखी कार्यको निरन्तरताका लागि हार्दिक शुभकामना ! कार्यालयहरूबाट सम्पादित कामको मूल्यांकनमा जिप्रका बाजुराले उच्चतम अंक हासिल गर्दै लक्ष्य पूरा गरेपछि सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सर्वोत्कृष्ट हुन सफल भएकोमा डीएसपी शैलेश्वरी बोहरा तथा जिल्ला प्रहरी कार्यालय बाजुरा परिवारलाई हार्दिक बधाई दिँदै आगामी दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिएका छ्न ।

