नागरिकको ज्यान जोगाउन र धनमालको रक्षा गर्न नेपाल प्रहरी सधैं अग्रपंक्तिमा
बुटवलको मजुवा क्षेत्रमा बाढीका कारण जोखिममा परेका स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रहरी सुरक्षाकर्मीहरूले पुर्याएको योगदान अत्यन्तै सराहनीय र प्रशंसनीय छ ।
आफ्नो ज्यानको प्रवाह नगरी विपद् व्यवस्थापन र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मीहरू नै यस्तो संकटको समयमा नागरिकका वास्तविक सहारा हुन्।

