भारी वर्षा र हावाहुरीका कारण भक्तपुरको नगरकोट जाने सडकमा रूख ढलेर सडक अवरुद्ध भएको अवस्थामा ट्राफिक प्रहरीले तत्कालै उक्त अवरोध हटाई सडक सञ्चालनमा ।
यात्रु र सडक सुरक्षाका लागि आफ्नो ज्यानको प्रवाह नगरी, प्रतिकुल मौसममा पनि हरसमय कार्यक्षेत्रमा खटिने हाम्रा सुरक्षाकर्मीहरूको यो सक्रियता साँच्चै नै सराहनीय छ। उहाँहरूको यस्तै निरन्तर सेवा र जिम्मेवारीबोधका कारण नै सडकमा हुन सक्ने सम्भावित दुर्घटनाहरू टर्ने गर्दछन्।
बाढी, पहिरो, भारी वर्षा र हावाहुरी जस्ता प्राकृतिक विपत्तिको समयमा पनि सडक र यात्रीहरूको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर हरसमय खटिनु उहाँहरूको उच्च व्यावसायिकता र कर्तव्यपरायणताको प्रतीक हो।

