पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएर माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। रिब्दीकोट–६ ठिमुरेमा घर पुरिएर बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो भने चिदीको आफ्नै घरमाथिबाट खसेको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ।

