डिएसपी देवेन्द्र बहादुर शाहद्वारा पहरा गणको आन्तरिक निरीक्षण तथा निर्देशन
नेपाल प्रहरी पहरा गणका सहायक गण प्रमुख डिएसपी देवेन्द्र बहादुर शाहले गणको आन्तरिक व्यवस्थापन तथा सेवा प्रवाहको विषयमा बिशेष निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा डिएसपी शाहले गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट (हुलिया तथा पोशाक), विभिन्न शाखाहरु, मेश, चमेनागृह तथा ब्यारेक लगायत कार्यालय परिसरको सरसफाईको सुक्ष्म अनुगमन गर्नुभएको थियो ।
कार्यालयको भौतिक तथा प्रशासनिक अवस्थाको निरीक्षण पश्चात उहाँले गणमा कार्यरत प्रहरी कर्मचारीहरुको गुनासो समेत सुनुवाई गर्नुभएको थियो । सो अवसरमा कर्मचारीहरुका समस्या सम्बोधन गर्दै डिएसपी शाहले तालुक कार्यालयबाट पत्राचार भएका नीति निर्देशन तथा विभागिय आदेशहरुलाई अक्षरशः पालना गर्न निर्देशन दिनुभयो ।

