प्रहरी जवान टक थापा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएकोमा हार्दिक बधाई !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान टक बहादुर थापाले आफ्नो कर्तव्यनिष्ठता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै २०८३ साल भाद्र महिनाको “उत्कृष्ट प्रहरी” (Police of the Month) उपाधि प्रदान गरिएको हो।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (SSP) वसन्त रजौरेले उहाँलाई प्रशंसा पत्र र नगद पुरस्कारसहित सम्मानित गर्नुभएको छ।
यो सम्मानले थापाको मनोबल बढाउनुका साथै अन्य प्रहरी कर्मचारीहरूलाई पनि आफ्नो जिम्मेवारी इमानदारिताका साथ पुरा गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

