“Police Baton” अन्तर्गत जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको निरीक्षण सम्पन्न
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको निरीक्षण सम्पन्न भएको छ ।
केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी शिद्धी विक्रम शाह, डिआईजी दिनेश कुमार आचार्य तथा अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु सहितको प्रहरी टोलीले “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको थियो ।
निरीक्षण भ्रमणका शिलशिलामा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि लगायतका विषयमा निरीक्षण तथा अवलोकन गर्नुको साथै एआईजी शिद्धी विक्रम शाहले उक्त कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

