काभ्रेका सिडिओ र एसपीद्वारा बाढीको कारण अवरुद्ध बनेको बीपी राजमार्गको स्थलगत निरीक्षण
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्की लगायत सुरक्षा निकायका प्रमुखहरूले हालै अविरल वर्षा र बाढी पहिरोको जोखिम बढेसँगै बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पूर्ण रूपमा अवरुद्ध बनेको बीपी राजमार्गको काभ्रे खण्डलाई सुचारु गर्न र क्षतिको विवरण संकलन गर्न काभ्रेका प्रमुख सिडिओ, जिल्ला प्रहरी प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरूको टोलीले स्थलगत निरीक्षण र समन्वय गरिरहेको बताएका छन्।

