दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
यात्रुबाट बढी भाडा लिने, टिकट नदिने तथा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गर्ने जस्ता गुनासो तत्काल सम्बोधन गर्न सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागका प्रतिनिधि रहनेछन्। साथै, चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि कलंकी–नागढुंगा लगायत बढी चाप हुने क्षेत्रमा प्रहरी जनशक्ति परिचालन गरिने जनाइएको छ।

