पुलिस ब्याटनको टोलीद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुगमन तथा निरीक्षण
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३ अन्तर्गत केन्द्रीय मूल्याङ्कन समितिको टोलीद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरा कास्की तथा मातहतका प्रहरी कार्यालयहरूको अनुगमन तथा विस्तृत निरीक्षण कार्य सम्पन्न भएको छ।
केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी सिद्धि विक्रम शाहको नेतृत्वमा डिआईजी दिनेश कुमार आचार्यलगायत वरिष्ठ प्रहरी अधिकृतहरू सम्मिलित निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर अनुगमन तथा निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, सुरक्षा तथा प्रहरी कार्य, कार्यसम्पादनको अवस्था तथा नागरिकप्रतिको व्यवहारलगायतका विषयमा अवलोकन तथा मूल्याङ्कन गरिएको थियो।
निरीक्षण टोलीले प्रहरी कार्यालयबाट प्रदान हुँदै आएका सेवा, कार्यसम्पादनको प्रभावकारिता तथा नागरिकमैत्री प्रहरी सेवाका विषयमा समेत जानकारी लिएको थियो।
टोलीले कार्यालयको समग्र कार्यप्रणाली तथा व्यवस्थापनको अवस्थाबारे निरीक्षण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउनुपर्ने विषयमा समेत जोड दिएको जनाइएको छ।

