प्यूठान ट्राफिकद्वारा दुर्घटना न्यूनीकरण गर्ने REFLECTIVE STICKERS टाँसेको
प्यूठान जिल्लाका दुर्घटना सम्भावित सडक खण्डहरूमा रात्रिको समयमा सवारी चलाउन सहज र सुरक्षित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले ९ वटा स्थानका सडक क्र्यास बेरिएरमा रिफ्लेक्टिव स्टिकर टाँसेको छ ।
रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पुग्ने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले स्वर्गद्वारी नगरपालिका अन्तर्गतको भिङ्री–स्वर्गद्वारी सडकखण्ड तथा माण्डवी गाउँपालिका –५ अन्तर्गतको चकचके – चेरनेटा–खलङ्गा सडकखण्डका विभिन्न जटिल खालका मोड तथा ब्लक स्पट (दुर्घटना सम्भावित क्षेत्र) गरी ९ वटा स्थानमा रहेका सडक छेउका Crash Barrier (क्रयास बेरिएर) मा रिफ्लेक्टर स्टिकर टाँस गरिएको ।

