सुनचाँदी पसलमा नक्कली क्यूआरमार्फत ठगी गरेको आरोपमा नितिस सिंह पक्राउ
काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिका वडा नं. ०९, पाँगा दोबाटो बस्ने २० वर्षीय नितिस बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिंहले कीर्तिपुर क्षेत्रका विभिन्न सुनचाँदी पसलहरूमा सामान किन्ने बहाना गरी, क्युआर (QR) कोड स्क्यान गरेर रकम भुक्तानी गरेको नक्कली प्रमाण देखाई ठगी गर्ने गरेको पाइएको छ। हाल निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त, कीर्तिपुर मा राखेर थप अनुसन्धान भइरहेको ।

