डिएसपी लक्ष्मण ओलीद्वारा प्रहरी हवल्दार भीष्मराज घिमिरेलाई भाद्र महिनाको “उत्कृष्ट प्रहरी” प्रदान तथा पुरस्कृत
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका कार्यालय प्रमुख डिएसपी लक्ष्मण ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी चौकी नागीथर्पु पाँचथर दरवन्दी भई उक्त कार्यरत प्रहरी हवल्दार भीष्मराज घिमिरेले अन्वेषण योजना तथा विकास शाखामा रही कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन, स्वचालित प्रणालीअनुरूप अभिलेख व्यवस्थापन तथा हवल्दार मेजरको महत्वपूर्ण जिम्मेवारी, विभागीय मूल्य-मान्यता, आदेश निर्देशनको पूर्ण पालना गरी व्यावसायिक, लगनशिल र कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ इमान्दारीपूर्वक निर्वाह गरी समग्र नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन गर्नु भएको हुँदा २०८३ साल भाद्र महिनाको “उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) प्रदान गर्नु भएको छ ।

