डिएसपी खगेन्द्र खड्काको नेतृत्वमा भएको साप्ताहिक निरीक्षण तथा निर्देशन
काठमाडौँ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २, महाराजगन्जमा साप्ताहिक निरीक्षण तथा निर्देशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
सहायक गण प्रमुख डिएसपी खगेन्द्र खड्काको नेतृत्वमा भएको उक्त निरीक्षण कार्यक्रम अत्यन्त व्यवस्थित, अनुशासित र प्रेरणादायी वातावरणमा सम्पन्न भएको हो।
निरीक्षणका क्रममा डिएसपी खड्काले गणको आन्तरिक व्यवस्थापन, ब्यारेक, रासन, गारद र कार्यालयको भौतिक अवस्थाको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा कार्यरत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उहाँले कार्यक्षेत्रमा उच्च अनुशासन कायम राख्न, नागरिकमैत्री सेवा प्रवाह गर्न र दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न निर्देशन दिनुभयो ।

