एसपी निशान थापाद्वारा दाङ ट्राफिक कार्यालयको निरीक्षण, अनुगमन तथा निर्देशन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, एसपी निशान थापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षण र अनुगमन गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले मातहतका कर्मचारीहरूलाई चुस्त ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र नागरिकमैत्री सेवा प्रवाहका लागि आवश्यक निर्देशन समेत दिनुभयो।

