एआईजी सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक यात्रु सहायता कक्ष (Passenger Help Desk) को औपचारिक उद्घाटन गरिएको छ।
आगामी दशैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वहरूमा घर फर्कने यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा यातायात क्षेत्रमा हुन सक्ने ठगी, कालोबजारी र एउटै सिटको दोहोरो टिकट बिक्री रोक्न यो सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

