डिएसपी शैलेश्वरी बोहराको नेतृत्वमा बाजुराका प्रहरी कर्मचारीहरूको BMI चेकजाँच सम्पन्न
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको विशेष नेतृत्वमा कार्यालय तथा मातहतका सम्पूर्ण एकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको BMI (Body Mass Index – शरीर वजन सूचकांक) चेकजाँच कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी संगठनभित्र कार्यरत जनशक्तिको स्वास्थ्यलाई चुस्त, दुरुस्त र शारीरिक रूपमा योग्य (Fit) राख्ने नेपाल प्रहरीको केन्द्रीय नीति अनुरूप यो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

