आईजीपी दान कार्कीले जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
काठमाडौं प्रहरीले आगामी बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ३ हजार ५०६ जना प्रहरी जनशक्ति परिचालन गर्ने विशेष सुरक्षा योजना सार्वजनिक गरेलगत्तै आईजीपी कार्की परिसर पुग्नुभएको हो।
अनुगमनका क्रममा उहाँले सुरक्षा योजना र प्रहरी परिचालनको वस्तुस्थितिबारे विस्तृत जानकारी लिनुभयो। चाडपर्वका समयमा हुन सक्ने चोरी, डकैती, पाकेटमारी, कालोबजारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनाको कार्यान्वयनमा कुनै सम्झौता नगर्न र प्रभावकारिता अभिवृद्धि गर्न उहाँले मातहतका प्रहरी अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभयो

