उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित रोड सेफ्टी सम्बन्धी एक महत्त्वपूर्ण अन्तरक्रिया
उपत्यका प्रहरी प्रमुख एआईजी सुशिल सिंह राठौरको प्रमुख आतिथ्यमा IIT Madras का प्रोफेसर, RBG Labs का सस्थापक, Centre of Excellence for Road Safety (CoERS) का प्रमुख, प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कर्मचारीहरुलाई Safer Roads for Stronger Societies:Sharing the Data-Driven Governance Experiences विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौर र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) सुरेशप्रसाद काफ्लेको उपस्थितिमा उक्त छलफल आयोजना गरिएको हो। सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिक सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने निष्कर्ष यस कार्यक्रमले निकालेको छ।

