प्रहरी हवल्दार शेर बहादुर जि.सी. भदौ उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय बागलुङ अन्तर्गतका इकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूबाट दैनिक सम्पादित कार्यहरु प्रत्येक महिनाको अन्तिममा मूल्याङ्कन गरि कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्देश्यले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि – २०८१” को अधिनमा रही, उक्त कार्यालयबाट “महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्न मातहत सबै कार्यालयहरूबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरू मध्य सम्बन्धित कार्यालयबाट प्राप्त कार्य विवरणलाई मूल्याङ्कन गर्दा २०८३ साल भदौ महिनामा इलाका प्रहरी कार्यालय बुर्तिवाङ, बागलुङमा कार्यरत प्रहरी हवल्दार शेर बहादुर जि.सी. लाई महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) द्वारा पुरस्कृत गरिएको छ ।

