एआईजी राजन अधिकारीले कर्णाली प्रदेश कार्यालयको निरीक्षण तथा निर्देशन
एआईजी राजन अधिकारीले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।
भ्रमणका क्रममा आयोजना गरिएको निर्देशन सम्बोधन कार्यक्रममा उहाँले आम नागरिकको सुरक्षा, शान्ति सुरक्षा अमनचयन कायम राख्न, तथा संगठनको मर्यादालाई उच्च राख्दै व्यावसायिक ढंगले कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

