डिआईजी सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष उद्घाटन
कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा यात्रु सहायता कक्षको विधिवत् उद्घाटन गरिएको छ।
यात्रुहरूलाई सहज, सुरक्षित तथा व्यवस्थित यात्राका लागि आवश्यक सूचना तथा सहजीकरण प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त सहायता कक्षको उद्घाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका प्रमुख एसपी नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्द, यातायात व्यवस्था कार्यालय, धनगढीका कार्यालय प्रमुख भुवन जोशी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरा सिंह महरा, प्रहरी कर्मचारी, यातायात व्यवसायी, चालक सहचालक, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

