इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली, पर्सा काज भएका इन्स्पेक्टर विपन कार्कीको बिदाई तथा “फेरि भेटौँला”
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल, रिजर्भ काठमाडौं दरबन्दी भई नगर प्रहरीमा विपन कार्की इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली, पर्सा काजमा खटि जानुभएकाले उहाँलाई “फेरि भेटौँला” कार्यक्रममार्फत हार्दिक बिदाइ गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका अपरेसनल कमाण्डर प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकी, उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्की, प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर थापा, प्रहरी निरीक्षकहरू लगायत सम्पूर्ण नगर प्रहरी परिवारको उपस्थिति रहेको थियो
कार्यक्रममा अपरेसनल कमाण्डरले बिदाइ भई जान लाग्नुभएका प्र.नि.को जिम्मेवारी, कर्तव्यनिष्ठा, अनुशासन र व्यावसायिक दक्षताको उच्च प्रशंसा गर्दै नयाँ कार्यस्थलमा पनि उहाँले संगठनको गरिमा उच्च राख्न र जनसेवामा थप सफलता हासिल गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।
साथै नगर प्रहरी परिवारको तर्फबाट फूलगुच्छा तथा मायाको चिनो प्रदान गरियो।

