झापा प्रहरीको आयोजनामा “लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Football Partnership कार्यक्रम
“लागू औषध विरुद्ध झापा अभियान (Jhapa Action Against Narcotics–JAAN)” अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित देउनियाको खेल मैदानमा अर्जुनधारा नगरपालिका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा Football Partnership अन्तर्गत मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख श्री बलदेव सिंह गोम्देन तामाङज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, एसपी बशुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाका प्रमुख एसपी सचिन कर्मचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उप-अनुसन्धान निर्देशक उमेश पाण्डेज, जनप्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीयवासी लगायत करिब ४०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले लागू औषध दुर्व्यसन नियन्त्रण तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

