प्रहरीका जवान मिलन सुनार आफ्नो गायकीका कारण अहिले चर्चाको शिखरमा
सडकको सारङ्गी धुन र प्रहरी जवानको गायकी: सामाजिक सञ्जालमा १४ लाख बढीको मन जित्यो !
नेपाल प्रहरीका जवान मिलन सुनार आफ्नो गायकीका कारण सामाजिक सञ्जालमा चर्चाको शिखरमा पुगेका छन्।
बाटोमा सारङ्गी बजाउँदै हिँडेका गाइने दाइको धुनमा मिलाएर उनले गाएको लोकप्रिय गीत ‘तिम्रो नै माया लाग्दछ साईली’ को भिडियो अहिले व्यापक भाइरल बनेको छ।
भिडियो सार्वजनिक भएसँगै १४ लाखभन्दा बढी पटक हेरिसकिएको छ भने हजारौँ प्रयोगकर्ताले उनको सुमधुर आवाज र मौलिकपनको तारिफ गरेका छन्।
राष्ट्रसेवक प्रहरीभित्र लुकेको यस्तो अद्भुत प्रतिभाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।

