एसपी दिपक गिरीद्वारा बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका कार्यालय प्रमुखको कार्यकक्षमा आ.व. २०८३/०८४ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी बीच आ.व. २०८३/०८४ को लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको र सोही सम्झौताको बुदामा आधारित रही आ.व. २०८३/०८४ को लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख तथा मातहतका जिल्ला ट्राफिक प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
असोज २० गते भएको कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र सुनसरीका कार्यालय प्रमुखहरु प्रत्यक्षरुपमा सहभागी हुनु भई कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो भने अन्य १२ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुको कार्यसम्पादन सम्झौता पत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका कार्यालय प्रमुखको हस्ताक्षर पश्चात हस्ताक्षर गरेको सम्झौता पत्र समबन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा पठाईएको थियो ।
बार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति बिवरण मासिक, त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा बुझाउनु पर्ने छ ।

