एआईजी राजन अधिकारी प्रमुख आतिथ्यमा शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण १० औं समूहको तालिम समापन
राष्ट्रिय प्रहरी प्रतिष्ठानमा संञ्चालित ५४ कार्यदिन अवधिको शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण १० औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक एआईजी राजन अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

