डिआईजी शेखर खनालद्वारा अवकाशप्राप्त ८७ वर्षीय टिकाराम शाहीलाई सम्मान
कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी शेखर खनालले ८७ वर्षीय पूर्व प्रहरी नायव निरीक्षक (सई) टिकाराम शाहीलाई उहाँकै निवासमा पुगेर सम्मान गर्नुभएको छ।
संखुवासभाको चैनपुर नगरपालिका-६ निवासी शाहीले प्रहरी सेवामा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै डिआईजी खनालले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको हो।
अवकाशप्राप्त अग्रजहरूको सम्मान र हौसला बढाउन प्रहरी नेतृत्व स्वयं उनीहरूको आँगनमै पुग्नुले संगठन र पूर्व कर्मचारीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

