एसएसपी ज्ञानेन्द्र फुयालद्वारा अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण
नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका कार्यायलय प्रमुख एसएसपी ज्ञानेन्द्र फुयालले CAP अन्तर्गत जिल्ला प्रहरी कार्यायलय मोरङको अनुगमन गर्ने क्रममा अपराध अनुसन्धान शाखामा भएको अभिलेख व्यवस्थापन, पेण्डिङ मुद्दाको अवस्था, हिराषत व्यवस्थापन, अपराधका घटनाहरुको अभिलेख, अपराध न्यूनीकरणको लागी गरिएका सचेतनामुलक कार्यक्रमहरु लगायत अपराध अनुसन्धानका अभिलेखहरुको निरीक्षण गर्नु भएको थियो ।
निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले प्रहरीले गर्ने अनुसन्धानलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाई कानून कार्यान्वयन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने कार्यमा लगी पर्न निर्देशन दिनु भएको थियो ।

