एसपी दिपक गिरीले उदयपुर ट्राफिक कार्यालयको निरीक्षण तथा प्रहरीलाई निर्देशन
नेपाल प्रहरी राजमार्गको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले जिल्ला ट्राफिक कार्यालय उदयपुर साथै मातहतका कार्यलय अवलोकन भ्रमण गरी समग्र कार्यसम्पादन, ट्राफिक व्यवस्थापनको अवस्था तथा प्रहरी कर्मचारीले सम्पादन गर्दै आएका गतिविधिबारे जानकारी लिनुभएको हो।
अवलोकनका क्रममा एसपी गिरीले कार्यरत प्रहरी कर्मचारीहरूसँग छलफल गर्दै सवारी दुर्घटना न्यूनीकरण, प्रभावकारी ट्राफिक व्यवस्थापन, सवारी तथा यातायात नियमको कार्यान्वयन र सडक प्रयोगकर्तामा ट्राफिक सचेतना अभिवृद्धि गर्न थप प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ ।

