गुण्डागर्दी, चोरी विरुद्ध एसएसपी घिमिरेको विशेष अप्रेसन : खुंखर अपराधीलाई गोली हानेर पकाउ
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरार तथा मुख्य अभियुक्तहरूलाई नियन्त्रणमा लिन गोली प्रहार गरी पक्राउ गर्न सफल भएको छ ।
कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा फेला परेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियोे । त्यसक्रममा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएपछि गोली चलाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले बताए ।
प्रहरीले त्यहाँबाट लुटपाटमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए । घाइते प्रहरी र लुटेरालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको घिमिरेले बताए ।
काठमाडौँ परिसरको नेतृत्व सम्हालेपछि एसएसपी दिलिप घिमिरेको टोलीले उपत्यकामा आपराधिक गतिविधि, गुण्डागर्दी र फरार अभियुक्तहरूको खोजीमा विशेष सक्रियता देखाउँदै आएको छ।

