बेला यही हो अराजक व्यक्तिलाई ठेगान लगाउने : प्रहरी संगठनमा सबै प्रहरी एकजुट भएर अगाडि बढ्ने र अराजक व्यक्तिलाई डाँडो कटाउने
अब आरोप होइन, प्रमाण चाहियो ? र दबाब होइन, कानुन। हिम्मत देखाऊ नेपाल प्रहरी संगठनको गरिमा जोगाऊ
राजनीतिक वा व्यक्तिगत दाउपेचका आधारमा प्रमाणविहीन ढंगले हुलहुज्जत गर्ने वा संस्थाका प्रमुखलाई चुनौती दिने प्रवृत्तिले विधिको शासनलाई कमजोर तुल्याउँछ ।
आइजीपी दानबहादुर कार्कीलाई मिथ्या, मनगढन्ते र चरित्रहत्या गर्ने उद्देश्यले आरोप लगाउने यस्तो अराजक व्यक्ति सांसद होस् वा जोसुकै, कानुनअनुसार कारबाही गर्न नेपाल प्रहरी र राज्यले हिम्मत देखाउनुपर्छ ।
आरोप लगाउनेलाई पनि कानुनको दायरामा ल्याउने यही नै विधिको शासन हो। नेपाल प्रहरी कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यो लामो इतिहास र गौरव बोकेको राष्ट्रिय संगठन हो। केही व्यक्तिको कमजोरी वा मौनताका कारण सिंगो संगठन बदनाम हुन दिनु हुँदैन। अब आरोप होइन, प्रमाण। र दबाब होइन, कानुन। हिम्मत देखाऊ नेपाल प्रहरी। संगठनको गरिमा जोगाऊ।

