एसएसपी सन्तोष खड्काको कमाण्डमा विशेष अपरेसन : २२ किलो अवैध सुन बरामद गर्न सफल प्रहरी
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कमाण्डमा प्रहरी टोलीले २२ किलो अवैध सुन बरामद
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का स्वयं फिल्डमा खटिएर गरेको विशेष अपरेसनका क्रममा प्रहरीले २२ किलो अवैध सुन बरामद गर्न सफल भएको छ।
काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ५ घण्टा लामो अपरेसन चलाएर उक्त परिमाणको सुन बरामद गरेको हो।

