एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित शान्ति सुरक्षा सचेतना कार्यक्रम
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चाडपर्व लक्षित शान्ति सुरक्षा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी र समुदायबीचको सहकार्य, विश्वास र समन्वय सुदृढ गर्दै सुरक्षित तथा अपराधमुक्त समाज निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चाडपर्वका समयमा शान्ति सुरक्षा कायम गर्ने, सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने र नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।

