७१औँ प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी अस्पतालमा रक्तदान कार्यक्रम
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक प्रेम सागर केसी र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलको आतिथ्यतामा सम्पन्न कार्यक्रम अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक अमित कुमार ठाकुरको संयोजकत्वमा आयोजना गरिएको थियो।
कार्यक्रममा सुर्खेत उपत्यकामा कार्यरत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। रक्तदान गर्ने प्रहरी कर्मचारीहरूलाई प्रमुख अतिथि डीआईजी सापकोटाले प्रशंसापत्र प्रदान गरेका थिए।
रक्तदानमार्फत मानवीय सेवा र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

