एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा नागरिकमैत्री सेवा तथा मानव अधिकारसम्बन्धी तालिम सम्पन्न
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा सञ्चालित पाँचदिने ‘नागरिकमैत्री सेवा तथा मानव अधिकार विशेष (घुम्ती प्रशिक्षण) तालिम’ समापन भएको छ।
तालिममा प्रहरी सेवामा नागरिकमैत्री व्यवहार, मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन र सेवाग्राहीप्रतिको जिम्मेवारी एवं उत्तरदायित्वलाई उच्च व्यावसायिक आचरण र निष्ठाका साथ निर्वाह गर्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

