चितवनमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ शुभारम्भ
चाडपर्वका बेला यात्रुका समस्या समाधान, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा ‘यात्रु सहायता कक्ष’ शुभारम्भ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल, जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापा, ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक विष्णु थापालगायत प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सुरक्षित यात्रा गरौँ, दुर्घटनाबाट बचौँ।

