चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन आईजीपी दान कार्कीको निर्देशन
प्रहरी आईजीपी दान कार्कीले आसन्न चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्।
भर्चुअल कन्फरेन्समार्फत आयोजित कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा गुल्मलगायत प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयका प्रमुखहरू सहभागी थिए। कार्यक्रममा प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति थियो।
आईजीपी कार्कीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी समयमै नियन्त्रण गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा यातायात व्यवस्थालाई सहज बनाउन निर्देशन दिएका छन्।
चाडपर्वका बेला शान्ति सुव्यवस्था कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न जिम्मेवारीपूर्वक काम गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका हुन्।

