सडक सुरक्षा सम्बन्धी क्षेत्रीय बैठकमा सहभागी हुन नेपाल प्रहरीको तर्फबाट एसपी नरेशराज सुवेदी आज भारत प्रस्थान
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालयको आयोजनामा भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको सडक सुरक्षा सम्बन्धी तीनदिने क्षेत्रीय बैठकमा सहभागी हुन नेपाल प्रहरीको तर्फबाट प्रतिनिधित्व गर्दै एसपी नरेश राज सुवेदी प्रस्थान गर्नुभएको छ ।
असोज २६ देखि २८ गतेसम्म सञ्चालन हुने ‘Regional Meeting for Road Safety: Towards Safer Mobility in the South-East Asia Region (SEAR)’ नामक उक्त बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रका सडक सुरक्षासम्बन्धी विषयमा छलफल हुनेछ।
बैठकमा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रवर्द्धन तथा सडक सुरक्षासम्बन्धी रणनीति र अनुभव आदानप्रदानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेपाल प्रहरीको सहभागिताले सडक सुरक्षा व्यवस्थापनका प्रभावकारी अभ्यास तथा क्षेत्रीय सहकार्यका विषयमा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सडक सुरक्षा सम्बन्धी क्षेत्रीय बैठकमा सहभागी हुन नेपाल प्रहरीको तर्फबाट एसपी नरेशराज सुवेदी आज भारत प्रस्थान

