आज दीक्षित भएका इन्स्पेक्टरहरुलाई प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा र व्यावसायिक इमानदारीमा कुनै पनि सम्झौता नगर्न निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी कर्मचारीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नैतिकता, निष्ठा र व्यावसायिकतामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनुभएको छ।
प्रहरी संगठनप्रतिको जनविश्वास कायम राख्न इमानदारी, अनुशासन, निष्पक्षता र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

