ट्राफिक प्रमुख एसएसपी सुरेश काफ्लेद्वारा फेला परेका ५० सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेद्वारा हराएका तथा चोरी भएका सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
ट्राफिक प्रहरीले खोजतलासका क्रममा फेला पारेका सवारीसाधनमध्ये २९ वटा मोटरसाइकल र २१ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
हराएका तथा चोरी भएका सवारीसाधनको खोजी कार्यलाई निरन्तरता दिँदै सम्बन्धित सवारीधनीलाई सवारीसाधन फिर्ता गराउने कार्यले प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

