इन्स्पेक्टर गंगा बुढाथोकीद्वारा हराएका मोबाइल खोजतलास गरी हस्तान्तरण
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गंगा बुढाथोकीले विभिन्न मिति तथा समयमा हराएका मोबाइल फोनहरू खोजतलास गरी फेला पारि सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।
खोजतलासका क्रममा फेला परेका मोबाइल फोनहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। हराएका मोबाइल फोन खोजी गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गराउने कार्यले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

