चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनबारे अन्तरक्रिया तथा बिदाइ कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा समसामयिक विषयवस्तुमा मातहतका प्रहरी वृत्त तथा प्रभाग प्रमुखहरूसँग अन्तरक्रिया गरी आवश्यक निर्देशन दिइएको छ।
कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा भई जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक शिवकुमार बुढाथोकीको बिदाइ तथा फेरि भेटौँला कार्यक्रमसमेत सम्पन्न भएको छ।

