आईजीपीद्वयबीच आत्मीयता, मित्रता र आपसी सद्भाव यस तस्बिरमा स्पष्ट झल्किन्छ ।
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलबीच बोलचाल नभएको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा आएका समाचारप्रति यो तस्बिर आफैँमा एउटा सन्देश हो।
एउटै ब्याचबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका उहाँहरूबीचको आत्मीयता, मित्रता र आपसी सद्भाव तस्बिरमा झल्किन्छ। अपुष्ट चर्चाभन्दा तथ्य र वास्तविकतालाई प्राथमिकता दिऔँ।
तस्बिर आफैँ बोल्छ, मित्रता र आत्मीयता शब्दले मात्र होइन, व्यवहारले पनि देखिन्छ। 


