मधेश प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री माननीय फकिरा महतोको अध्यक्षतामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारीसहित सुरक्षा समन्वय समितिको बैठक सशस्त्र प्रहरी बल नेपाल, बीओपी ठोरी, पर्सामा सम्पन्न भएको छ।
बैठकमा प्रदेशको शान्ति सुरक्षा तथा समसामयिक सुरक्षा विषयमा छलफल भएको जनाइएको छ।

